राजधानीको जेलबाट निस्केका कैदीहरु स्थानीयको घर घरमा

राजधानीको जेलबाट निस्केका कैदीहरु स्थानीयको घर घरमा

डिल्लीबजार सदरखोरबाट भागेका केही कैदीबन्दी स्थानीयको घरको ढोका फोर्दै छतमा पुगेका छन् । आज बिहान सेनाको घेरा तोडेर भागेका दर्जनौं कैदी आफ्नो घरको छतमा आइपुगेको स्थानीय शरद निधी तिवारीले बताए । 

उनका अनुसार ‘कम्पाउडमा प्रवेश गरी घरको ढोका तोड्ने प्रयासमा रहेका र अन्यको घरको छतबाट मेरो घरको छत छतै आएका कैदीहरुलाई पछ्याँउदै नेपाली सेनाले हवाई फायर गरी केही कैदीलाई समातेपछि आतंकित मन अहिले अलि शान्त हुन पुगेको छ ।’

उनले सेनाको उक्त कार्यको प्रशंसा गर्दै धन्यवाद दिएका छन् । हिजो नख्खू कारागारबाट निकालिएका रास्वपा सभापति रवि लामिछानेलाई उदाहरण दिँदै अन्यत्रका कैदीबन्दीहरु जेल तोडेर भागेका हुन् । डिल्लीबजारका कैदीहरुले पनि आफूहरुलाई सामान्य तारिखमा छाड्नुपर्ने माग राख्दै आज बिहान गेट फोरेर बाहिर निस्कने प्रयास गरेपछि सेनाले एक्सन लिएको थियो ।

टिप्पणीहरू