जेन जीको हुललाई जंगी अड्डाको जवाफ : एकजना प्रतिनिधि छान्नुस्
नेपाली सेनाको मुख्यालय जंगीअड्डामा प्रधान सेनापति अशोकराज सिग्देलसँग जेन जी आन्दोलनका प्रतिनिधिहरुले भेट गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेपछि आज भएको भेटमा उहाँले पहिले जेन जीहरु मिल्न र एक जना सर्वसम्मत प्रतिनिधि छान्न सुझाव दिनुभएको बुझिएको छ ।
जंगी अड्डा पुगेका झण्डै डेढ दर्जन जेन जी प्रतिनिधिरुलाई सेनाले अर्थपूर्ण जवाफ दिएको स्रोतको दाबी छ । ‘यो विषम परिस्थितिमा सबै पक्षको आवाज समेटिने गरी कुराकानी अघि बढाउनुपर्ने छ, त्यसैले तपाईंहरु पहिले एकमत भएर वार्ताको टेबलमा बस्नलाई तयार हुनुस् ।’
यता, अर्काथरी जेन जीहरुले वार्तामा प्रस्तुत गर्ने एजेण्डा भन्दै डिस्कर्ड एपमा भर्चुअल सम्वाद थालेका छन् । सुदन गुरुङको संयोजनमा करिब ४६ सय जेन जीहरु उक्त संवादमा जुटिरहँदा उता डेढ दर्जन जेन जीहरुले सैनिक मुख्यालयमै सहमतिका लागि छुट्टै वार्ता गरेको बुझिएको छ ।
टिप्पणीहरू