अख्तियारमा आगो लगाएर नागरिक उड्डयनमा नाटक ?
आन्दोलनकारीहरुले हिजो नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र बबहरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणमा आगो लगाए । सोही क्रममा आफूसँग सम्बन्धित भ्रष्टाचारका फाइलहरु नष्ट भएको देखाउन महानिर्देशक प्रदीप अधिकारी कस्सिने नै भए ।
अहिले प्राधिकरणको दुई वटा कार्यालयबाट काम भइरहेको छ । त्यसमध्ये सिनामंगल कार्यालय सुरक्षित छ । जबकी उनीसँग सम्बन्धित सबै फाइल र कागजात उनको कार्यकक्ष सिनामंगलमै राख्ने गरिएको छ ।
‘विमानस्थल भ्रष्टाचारसँग सम्बन्धित कुनै पनि फाइल जलेको छैन । सबै फाइल सिनामंगल कार्यालयमा सुरक्षित छ । बिहान ल्याएर आगोमा हालेको भए भन्न सकिन्न ।’
बबरमहलस्थित कार्यालयमा प्राधिकरण बोर्डको सचिवालय,प्रशासन विभाग, वित्त विभाग,आन्तरिक लेखापरीक्षण विभाग छन् । सिएनएस,एटिएम, डिएएफडी,आरएफएफ विभागहरू पनि त्यहाँ छन् । तर,हिजो आगो लगाइएको स्थानमा आज बिहान सबेरै केही मानिस जानुलाई रहस्यमय मानिएको छ ।
‘सम्भवतः अख्तियारसँग सम्बन्धित फाइलहरु आगोमा हालिएको हो कि’ भन्दै स्रोतले बतायो, ‘विमानस्थल भ्रष्टाचारसँग सम्बन्धित कुनै पनि फाइल जलेको छैन । सबै फाइल सिनामंगल कार्यालयमा सुरक्षित छ । बिहान ल्याएर आगोमा हालेको भए भन्न सकिन्न ।’
टिप्पणीहरू