पोखरामा जलेको अवस्थामा पाँच शव फेला

पोखरामा जलेको अवस्थामा पाँच शव फेला सांकेतिक तस्बिर

पोखरामा आन्दोलनका क्रममा भएका आगजनीपछि पाँच जना मृत फेला परेका छन् । जलेको अवस्थामा भेटिएका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

प्रहरीका अनुसार पोखरा–८ न्युरोडस्थित ईभी कार शो रुममा एक जना,त्यही वडाको भाटभटेनी सुपरमार्केटमा एक जना र पोखरा–४ गैह्रपाटनस्थित जिल्ला प्रहरी कार्यालय कास्कीमा एक जना मृत फेला परेका हुन् । उनीहरूको पहिचान खुलेको छैन ।

यसअघि अन्य दुई शव फेला परेका थिए । यससँगै कास्कीमा हालसम्म आन्दोलनको क्रममा पाँच जना मृत भेटिएका छन् । तीमध्ये एक जनाको मात्र पहिचान खुलेको र चार जनाको सनाखत हुन बाँकी छ।

सुरक्षा स्रोतले आगजनीमा परेका अन्य संरचनामा पनि अझै मानवीय क्षति भएको हुनसक्ने आशंका जनाएको छ ।

टिप्पणीहरू