चोरहरुलाई सामान फिर्ता गर्न अनुरोध

चोरहरुलाई सामान फिर्ता गर्न अनुरोध

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनेरेशन जेड अर्थात ‘जेन जी’ ले थालेको आन्दोलन लुटपाटमा परिणत हुँदा भाटभटेनीलगायत अन्य सुपरमार्केट,पसलहरुमा चोरी भएको छ । देश परिवर्तनका लागि भनिएको आन्दोलनको मौका छोपेर चोरी गरिएको हो । 

फ्रिज,स्पिकर,महङ्गा विदेशी रक्सी,गरगहना, भाडाकुँडालगायत झोलाका झोला सामान चोरिएको छ । यता केहीले भने सामाजिक सञ्जालमार्फत चोरहरुका तस्विर र गाडी नम्बर सार्वजनिक गर्दै ती सामान फर्काउन आह्वान गरेका छन् ।

 

हातभरि सामान चोेरेर स्कुटरमा भागेकी एक महिलाको तस्विर सार्वजनिक गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘कृपया चोरीको सामान फिर्ता गरिदिनुहोला (ग २६ प ५३७७) ।’ त्यस्तै,अन्य चोरहरुको तस्विर पनि भए पठाउन सूचित गराइएको छ ।

Humble Request: कृपया चोरीको सामान फिर्ता गरिदिनु होला (ग २६ प ५३७७)😁

नोट: अन्य यस्तै खाले तस्वीर हरु भए पनि पठाउनु होला !

टिप्पणीहरू