जंगी अड्डामा सुशीलासँगै श्रीमान दुर्गा सुवेदी
केही बेरअघि नेपाली सेनाको मुख्यालय, भद्रकालीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित पुर्याएको छ । प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफलका लागि कार्की त्यहाँ जानुभएको बुझिएको छ । कार्की प्रदेश र स्थानीय सरकारलाई के गर्ने भन्नेमा अलमलमा रहेको बुझिन्छ ।
कार्कीसँगै उहाँका श्रीमान दुर्गा सुवेदी पनि मुख्यालमा छन् । यसअघि दुर्गा प्रसाईंलाई सेनाको टोलीले त्यहाँ लगेको स्रोतको दावी थियो ।
विराटनगरका सुवेदी नेपाली काँग्रेसका पुराना नेता हुन् । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कुनै बेलाका सहयोद्धा उनी विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाज अपहरण गरी पार्टीका निम्ति रकम जोहो गर्न भारतको फारबेसगञ्ज पुर्याउने योजनाकार र अपहरणकर्तामध्ये एक हुन् । उक्त विमानमा नेपाल राष्ट्र बैंक विराटनगरबाट काठमाडौं ल्याउँदै गरिएको ३० लाख नेपाली र भारतीय मुद्रा थिए ।
टिप्पणीहरू