सुशिला कार्कीको नाममा जेनजी विभाजित
जेनजी युवाहरुको एउटा समूहले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन अस्वीकृत गरेको छ ।
हिजोको भर्चुअल बैठकले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नेगरी राष्ट्रपति र सेनाप्रमुखसँग वार्तामा बस्ने निर्णय गरेपनि असन्तुष्ट समूह त्यसको विपक्षमा उभिएको हो । कार्कीलाई अगाडि सार्न विधिसम्मत नदेखिएको भन्दै हिजोको निर्णय रद्ध भएको सूचना सार्वजनिक गरिएको छ ।
‘पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाममा हिजो सकारात्मक छलफल भए पनि संविधान, विधि र पद्धति मान्ने हाम्रो लागि उहाँलाई अगाडि सार्नु विधिसम्मत देखिएन’, हिजोको भर्चुअल बैठकमा सहभागी भएको एउटा समूहले भनेको छ, ‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरु सो पदमामा नियुक्त हुन अयोग्न नहुने र जेनजीको प्रतिनिधित्व पनि नपर्ने हुनाले उहाँको नाम अस्वीकृत गरिएको छ ।’
बरु नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई अघि सार्ने उनीहरुको निर्णय छ । भनेका छन्, ‘बालेन्द्र साहले रुची नदेखाउनुभएको, हर्क साम्पाङले सबैलाई नेतृत्व गर्न नसक्ने र सुशिला कार्की अयोग्य देखिएकाले सबैले रुचाएका इन्जिनियर कुलमान घिसिङलाई नेतृत्वमा पठाउने निर्णय भएको छ ।’
उता, पूर्व प्राधानन्यायाधीश कार्की भने जेनजीको तर्फबाट वार्ता गर्न भन्दै बिहानै श्रीमान दुर्गा सुवेदीसहित सैनिक मुख्यालय पुगेकी छन् ।

टिप्पणीहरू