भागेका कैदी बन्दीलाई खबरदारी
मुलुकका विभिन्न कारागार,प्रहरी हिरासत तथा बाल सुधार गृहहरुबाट भागेका कैदीबन्दीलाई तत्काल आफू बसेको कारागार कार्यालय,बाल सुधार गृह वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राखेर फर्कन सूचना जारी गरिएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेद्वारा जारी सूचनामा अन्यथा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
भीडले मंगलबार साँझ काठमाडौं नख्खू कारागारबाट रास्वपा सभापति रवि लामिछानेलाई छुटाएर बाहिर निकालेपछि तत्काल त्यहाँका सबै कैदीबन्दी बाटो लागेका थिए । मुलुकभरका जेलबाट १३ हजारभन्दा बढी कैदीबन्दीलाई भगाइएको छ ।
टिप्पणीहरू