उपप्रमुखको घरमा आगो लगाउँदा जलेका किशोरको मृत्यु
भदौ २४ गते आन्दोलनकारीले आगो लगाउँदा जलेर घाइते भएका चितवनका एक किशोरको ज्यान गएको छ । जेन-जी प्रदर्शनकारीहरुले भरतपुर–१४ शिवनगरस्थित प्रचण्ड निवासमा आगो लगाउँदा सिलिन्डर ग्यास पड्केर लाग्दा घाइते भएका भनिएका भरतपुर–२१ का १९ वर्षीय सरोज गुरुङको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ११ः३० मा निधन भएको हो ।
टाउको, छाती र पेटमा चोट लागी गम्भीर हालतमा उनको उपचार भइरहेको थियो । प्रचण्ड निवासमा नभई भरतपुर महानगरपालिकाका उप–मेयर चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा सिलिन्डर ग्यास पड्की लागेको भन्ने खुलेको पनि जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
टिप्पणीहरू