भूपू कर्नेलले प्रहरी सुरक्षा मागे
नेपाली सेनाका एकजना अवकाशप्राप्त महासेनानी (कर्नेल) वर्तमान अवस्थामा ज्यानको सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् । कर्नेल माधवसुन्दर खड्काले गत साताको आन्दोलनपछि आफूमाथि पुरानो सरकार निकटस्थहरुबाट ज्यान मार्नेसम्मको धम्की आएको भन्दै काठमाडौं सिडिओ कार्यालयमा निवेदन दर्ता गराएका हुन् ।
खड्काको निवेदनलाई प्रशासनले नेपाल प्रहरीको जिल्ला परिसर,काठमाडौं पठाइदिएको छ । उनले जेन जी आन्दोलनमा आफ्नो नेतृत्वको ‘मेगा क्याम्पेन करप्सन’ संस्थाले सक्रिय सहभागिता जनाएकाले ज्यान मार्ने धम्की आएको निवेदनमा उल्लेख गरेका छन् । लेखिएको छ, ‘पुरानो सत्ता समर्थकबाट मेरो ज्यानको असुरक्षा भएकोले मलाई तुरुन्त सशस्त्र प्रहरीको सुरक्षा प्रदान गरिदिनुहुन अनुरोध छ ।’
टिप्पणीहरू