हुम्लामा टूजी र फोरजी सेवा
नेपाल टेलिकमको टूजी र फोरजी सेवा हुम्ला पुगेको छ । सर्केगाड गाउँपालिका–१ र चंखेली गाउँपालिका–६ मा टेलिकमले सो सेवा सञ्चालनमा ल्याएको जनाइएको छ ।
सेवा विस्तारसँगै सर्केगाड गाउँपालिका–१, २, ४, ५ र ६ अन्तर्गत पर्ने जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुमका सेवाग्राही दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् । यस्तै, चंखेली गाउँपालिका–४, ५ र ६ अन्तर्गत बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र मातहत भूभागका सेवाग्राही पनि लाभान्वित भएका छन् ।
ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको टेलिकमको दाबी छ ।
टिप्पणीहरू