सभामुखकोमा सबैथोक छ,साइनबोर्ड छैन
प्रधानमन्त्रीको सरकारी निवास रहेको बालुवाटार आडैमा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निवास छ । प्रतिनिधि सभा विघटन गरिए पनि सभामुख पद आगामी निर्वाचनका लागि मनोनयनको दिनसम्म कायम रहने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय सभा विघटन गरिएको छैन तर त्यसको बैठक बसेर कुनै निर्णय गर्नसक्ने अवस्था पनि देखिँदैन । संसदको दुबै सदनका सभामुख र अध्यक्ष क्रमशः देवराज घिमिरे र नारायणप्रसाद दाहाल आजका मितिसम्म कायम हुनुहुन्छ । उहाँहरुको निवास परिसरमा राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली सेनाको एउटा टोलीले २४ घण्टे सुरक्षा पनि दिइरहेको छ ।
दुबै निवासको पर्खाल बाहिर फलाम ठोकेर अड्याइएको यसअघिको साइनबोर्ड हाल झिकिएको अवस्था छ । यसो किन गरिएको होला ?
यसको अर्थ उहाँहरु दुबै जना तोकिएको निवासमा हुनुहुन्छ भन्ने हो । तर, दुबै निवासको पर्खाल बाहिर फलाम ठोकेर अड्याइएको यसअघिको साइनबोर्ड हाल झिकिएको अवस्था छ । यसो किन गरिएको होला ? भन्ने जिज्ञासामा सम्बन्धित अधिकारीको सचिवालयले प्रतिक्रिया दिन चाहेन । स्रोतका अनुसार भदौ २३ को प्रदर्शन र २४ गतेको विध्वंशपछि सुरक्षाको दृष्टिकोणले ती साइनबोर्ड हटाइएको हुनुपर्छ ।
टिप्पणीहरू