प्रहरीलाई गाडीको पिरलो
फाइल फाेटाे
प्रतिनिधिसभा चुनाव आउन पाँच महिना मात्र बाँकी हुँदा प्रहरीलाई एउटा चिन्ताले साह्रै पिरोल्न थालेको छ, त्यो हो– सवारी साधनको । भदौ २३ गतेको प्रदर्शन र २४ गतेको विध्वंशमा उसको मात्रै पाँच सयभन्दा धेरै सवारी साधन जल्यो । जसकारण घटनास्थल र एस्कर्टिङमा जान समस्या भइरहेको छ ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भारत सरकारले नेपाललाई दुई सय गाडी उपलब्ध गराएको थियो । सबै गाडी टाटाको पिकअप हो । तीमध्ये ८० वटा गाडी निर्वाचन आयोगले आफैंसँग राख्यो भने ५३ वटा प्रहरीलाई दिइएको थियो । उकालोमा नचढ्ने ती गाडी पटकपटक बनाउँदै चलाउनुपर्ने बाध्यता छ । तिनको मर्मतमै ठूलो खर्च लाग्ने स्रोत बताउँछ । ‘टाटाको पिकअप काम छैन । उकालोमा चढ्दैन, फेरि हामीकहाँ पहाडी क्षेत्र बढी छ । २४ घण्टा घुम्दाखेरि एक वर्षमै काम नलाग्ने हुन्छ ।’
केही दिनअघि प्रहरीले महेन्द्राको स्कोर्पियो र ईभीको प्रस्ताव राखे । इन्धन हाल्दा धेरै खर्च लागेको भन्दै प्रहरी अधिकृतहरूले शहर र तराई क्षेत्रका लागि ईभी सवारी दिन भनेका हुन् । ‘इन्धनका लागि बजेट छैन । शहर र तराई क्षेत्रका लागि ईभी भए चार्जिङ सस्तो लाग्थ्यो । यता, पहाडका लागि महेन्द्रको स्कोर्पियो दिए हुन्थ्यो । पिकअप बारम्बार मर्मत गर्दा ठूलो खर्च भइरहेको छ’, स्रोतले भन्यो ।
टिप्पणीहरू