बेइजिङमा मारुनी नृत्य

बेइजिङमा मारुनी नृत्य

चीनको राजधानी बेइजिङमा हिमाली क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाबारे चर्चा गरिएको छ । अस्ति साँझ आयोजित कार्यक्रममा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले हिमाली क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाबारे सम्बोधन गरेको बताइएको छ ।

राजदूतले विशेषगरी नेपालको अमूर्त सांस्कृतिक सम्पदामा केन्द्रित प्रस्तुति दिएको दूतावासले जनाएको छ । कार्यक्रममा नेपालको अमूर्त सांस्कृतिक सम्पदाको प्रतीकका रूपमा मारुनी नृत्य पनि प्रस्तुत गरिएको थियो ।

टिप्पणीहरू