घर जलेका मन्त्रीले जुलुश निकाले
जेनजी आन्दोलनमा आफ्नो घर जलेपछि आक्रोशित बनेका बिर्तामोड– ८ गरामनी निवासी कोशी प्रदेश सरकारका खानेपानी,सिन्चाई तथा ऊर्जामन्त्रीले केन्द्रीय सरकारबिरुद्ध आफ्ना कार्यकर्ता सडकमा उतारेका छन् ।
एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका एकराज कार्कीले आफ्नो ठाउँमा शक्ति प्रदर्शन गरेका हुन् । केन्द्रीय सरकारबिरुद्ध प्रदेश मन्त्री नै सडकमा निस्केको यो पहिलो पटक हो ।
जेनजी आन्दोलनबाट आक्रोशित बनेका नेकपा एमालेका नेता कार्यकर्ताले गरामनीमा विरोध प्रदर्शन गरेका हुन् । मन्त्री कार्कीको पकड क्षेत्र मानिएको गरामनीमा जेनजी आन्दोलनका क्रममा २०२८ सालका झापा विद्रोहका शहीदहरुको शालिक तोडफोडसमेत गरिएको थियो । त्यसैक्रममा बिर्तामोड नगरपालिका वडा नं ८ र ९ को संयुक्त वडा कार्यालयमा पनि तोडफोड र आगजनी भयो । त्यसैबेला र गरामनीस्थित दुर्गा माविको भवनमा आगजनी भएको हो । मन्त्री कार्की सो बिद्यालयको व्यवस्थापन समिति अध्यक्ष थिए ।
उनले स्कूलको चौर मासेर बनाएको भवन भाडामा लगाएका थिए । त्यस बिषयमा स्थानीय बिरुद्धमा थिए । आन्दोलनकै क्रममा मन्त्री कार्कीको घरमासमेत तोडफोड भएको थियो ।
टिप्पणीहरू