रविको केही फाइल भेटियो,आगो झोस्ने भारतीयहरु जेल चलान
गत भदौ २४ गतेको विध्वंशमा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखा टेकू र जनसेवा प्रहरी न्यूरोडको गाडी जलाउने दुई जना भारतीय नागरिकलाई जेल चलान गरिएको छ । यस्तै कार्यमा संलग्न अरु केहीविरुद्ध आज मुद्दा दायर गर्ने तयारी छ ।
नयाँ बानेश्वर,संसद भवन परिसरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पनि जेल चलान भएका छन् । यसअघि जघन्य अपराधमा संलग्नहरुप्रति अनावश्यक सहानुभूति देखाउँदा अदालतले समेत भयावह अवस्थाको सामना गर्नुपरेको श्रीमानहरुले समेत बुझ्न थालेको पछिल्ला आदेशहरुबाट बुझ्न सकिन्छ ।
गत महिनाको विध्वंशमा सर्वोच्च लगायत अन्य अदालत जलाएर खरानी बनाइएको थियो । सर्वोच्च र जिल्लाका श्रीमानहरुले सेनाको ब्यारेकमा लुकेर ज्यान जोगाउनु परेको थियो । उस्तै पर्दा अपराधीले अदालतसँगै महत्वपूर्ण कागजात,मोटर,कम्प्युटर जलाउँदै आफ्नै पनि ज्यान जोखिममा पार्न सक्ने प्रत्यक्ष अनुभूति पलाएरै उहाँहरुमा विगतको तुलनामा केही सामाजिक चेत एकाएक पैदा भएको कानुन व्यवसायीहरुको बुझाइ छ । यस्ता घटनामा कानुनी चेतले मात्रै काम नगर्ने भएकाले निर्मम तवरबाट प्रस्तुत हुनुपर्ने आवाज पहिलेदेखि उठ्दै आएको थियो ।
"शुरुमै मोबाइल जफत भएलगत्तै समात्न आउने प्रहरीलाई उनले धमास लगाए-मलाई यसो गर्न लागेको भनेर गृहमन्त्रीज्यूलाई थाहा छ कि छैन ?"
त्यस्तै रास्वपा अध्यक्ष रवि लामिछानेको निर्देशनमा जिल्ला अदालतहरुमा रहेका आफूविरुद्धका मुद्दाका मिसिल डढाउने क्रमबाट बचेका केही कागजात र प्रमाण फेला परेको छ । काठमाडौैं जिल्ला अदालतले धरौटीमा छाड्न गरेको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनका लागि जाँदा पेश गरिएका उनका मुद्दाका केही कागजात फेला परेका हुन् ।
यस्तै प्रहरी चौकी स्वयम्भू जलाउने कार्यमा प्रमुख भूमिका खेल्ने अर्जुनबहादुर शाहीको नियत पनि छर्लङ्गिएको छ । उनीविरुद्ध उक्त चौकीमा वैदेशिक रोजगार ठगीको ठूलै उजुरी रहेकाले त्यो दिन जोशीहरु आगो झोस्न त्यहाँ पुगेका थिए ।
अस्ति वैदेशिक रोजगार न्यायाधीकरणका अधिकारीहरु उनीविरुद्ध म्याद थपमा केही पछाडि हटे पनि प्रहरी थप प्रमाण जुटाएर यिनलाई समेत जेल पुर्याउन कस्सिएको छ । विभिन्न कार्यालयमा पुगेर अधिकारीहरुलाई हप्काउँदै हिँडेका उनले पक्राउलगत्तै गृहमन्त्री ओमप्रकाश अर्याललाई फोन गर्न लागेका थिए । शुरुमै मोबाइल जफत भएलगत्तै समात्न आउने प्रहरीलाई उनले धमास लगाए-मलाई यसो गर्न लागेको भनेर गृहमन्त्रीज्यूलाई थाहा छ कि छैन ?
टिप्पणीहरू