एअरपोर्ट अगाडि देउसी-भैलो खेल्दै एमाले
नेकपा एमालेको जनसंगठन सिन्धुली-काठमाडौँ सम्पर्क मञ्चले देउसी-भैलो कार्यक्रम आयोजना गरेको छ ।
सिनामंगलस्थिति होटल रोयल एअरपोर्टको सभा हलमा आज दिउँसो कार्यक्रम गरिएको हो । 'निर्णायक राष्ट्रिय शक्ति निर्माणमा हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य' भन्ने मूल नारा दिइएको कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि छन् ।
सम्पर्क मञ्चका अध्यक्ष विना श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वयका इञ्चार्ज लालबाबु पण्डित, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटीका इञ्चार्ज सरस्वती बस्नेत, केन्द्रीय अनुसाशन आयोगकी सदस्य रणकुमारी बलम्पाकी मगर, सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार वस्नेतलगायतको उपस्थिति रहेको बताइएको छ ।
टिप्पणीहरू