प्रधानमन्त्रीलाई सुटुक्क भेट्न गए बालेन

प्रधानमन्त्रीलाई सुटुक्क भेट्न गए बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । साह बिहान १० बजे प्रधानमन्त्री भेट्न सरकारी निवास बालुवाटार पुगेका थिए ।

प्रायः समूहमा देखिन नचाहने मेयरले प्रधानमन्त्री कार्कीसँग पनि एक्लै भेट गरेको बताइन्छ । यसअघिका भेटमा पनि उनी एक्लै पुग्ने गरेका थिए ।

सवा घण्टा कुराकानी गरेपछि साह ११:२५ बजेतिर बालुवाटारबाट बाहिरिए । भेटवार्ताबारे औपचारिक रुपमा कुनै जानकारी दिइएको छैन ।

टिप्पणीहरू