क्याबिनेट बैठक लाइभ गर्न माग गर्दै ३८ दिनदेखि धर्ना

क्याबिनेट बैठक लाइभ गर्न माग गर्दै ३८ दिनदेखि धर्ना

मन्त्रिपरिषद बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा आज पनि धर्ना दिइएको छ । 

आफूलाई स्वतन्त्र नागरिक भन्ने उदयपुर घर भई हाल काठमाडौँको कालिमाटी बस्ने सरिश्मा थापा उक्त माग लिएर धर्नामा बसेकी हुन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले शपथ खाएको भोलिपल्ट भदौ २८ गते सडकमा ओर्लिएकी उनले  आज ३८ औँ दिन निरन्तरता दिइन् । 

पारदर्शिताको संकेत दिने गोलो सिसा हातमा लिएकी उनले 'खबरदार बलिदानी खेर नजाओस्' लेखिएको प्लेकार्ड हातमा लिएकी छन् ।  

 काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले कार्यपालिका बैठक लाइभ गरेजस्तै मन्त्रिपरिषद बैठक पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने थापाको माग छ ।
 

टिप्पणीहरू