आइजिपी खापुङको बिदाईमा जुट्यो हेडक्वार्टर
फाइल फाेटाे
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ पर्सिबाट अनिवार्य अवकाशमा जाँदैछन् । उनी अवकाशमा जाने भएसँगै प्रहरी अधिकृत तथा कर्मचारी बिदाई समारोहको तयारीमा जुटेका छन् ।
प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा भोलि दिउँसो ३ बजे आईजीपी खापुङको लागि बिदाई समारोह आयोजना हुँदैछ । समारोहमा प्रहरी अधिकृत तथा कर्मचारीलाई तोकिएको समयमा कार्यालय पोशाकमा उपस्थित हुन हेडक्वार्टरको निर्देशन छ ।
जसअनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा उपत्यकाभित्रका वरिष्ठ उपरीक्षक वा सोभन्दा माथिका प्रहरी अधिकृतलाई एक नम्बर पोशाकमा उपस्थित हुन भनिएको छ ।
त्यस्तै, जुनियर प्रहरी अधिकृतदेखि जवानसम्मको प्रतिनिधित्व हुनेगरी ३०–३० जना कर्मचारीलाई कार्यालय पोशाक (पि क्यापसहित) उपस्थित हुन निर्देशन दिइएको छ ।
टिप्पणीहरू