इन्स्पेक्टरलाई सिंगो जिल्ला
असोज ५ गतेदेखि जिम्मेवारी सम्हालेका नयाँ गुप्तचर प्रमुख टेकेन्द्र कार्कीले बाजुरा पठाउन थुप्रै डिएसपी हुँदाहुँदै उनले ६ महिनाअघि मात्र बढुवा भएका इन्स्पेक्टर दीपेन्द्रबहादुर बमलाई मौका दिएका छन् ।
उनी यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा काजमा थिए ।
भिजिट भीसाको सेटिङ नहुने देखेपछि उनी यार्सागुम्बा तस्करीमा कुरा मिलाउन कोल्टी गएको स्रोत बताउँछ । इन्टेलिजेन्स शिक्षालय, हेटौंडामा लेखापाल हुँदा उनीमाथि रकम हिनामिनाको आरोप लागेको थियो । स्रोतका अनुसार एकजना जेनजी अभियन्ताको विशेष आग्रहमा उनी बाजुरा गएका हुन् ।
(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू