एनसेलले ‘लीग अफ क्रिएटर्स’ सुरु गर्दै
एनसेलले अपट्रेन्डलीसँग सहकार्य गर्दै ‘लीग अफ क्रिएटर्स’ नामक राष्ट्रव्यापी अभियान सार्वजनिक गरेको छ ।
जसको उद्देश्य नेपालभरका उदाउँदा डिजिटल कन्टेन्ट क्रिएटर्सलाई पहिचान, अभिवृद्धि र सशक्तीकरण गर्नु हो।
‘क्रिएट, कम्पिट, कन्कर’ भन्ने नारासहित सुरु गरिएको यो अभियानले डिजिटल सामग्री निर्माणमा रुचि राख्ने युवा तथा नयाँ प्रतिभाहरुलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ विषयमा आधारित भिडियो प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ। सहभागीहरुले ३०–९० सेकेन्डको भर्टिकल भिडियो टिकटक र इन्स्टाग्राममा पोस्ट गर्दै @Ncell ट्याग गर्नुपर्नेछ। साथै #TeamSanjog, #NcellLeagueOfCreators2025 जस्ता ह्यासट्याग प्रयोग अनिवार्य गरिएको छ।
एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले यो अभियानलाई “प्रतियोगिता मात्र नभई क्रिएटर्सको सिर्जनात्मक विकास यात्रा” भन्दै मेन्टरशिप, कार्यशाला, वास्तविक अभ्यास र चुनौतीपूर्ण चरणमार्फत नयाँ पुस्ताका कन्टेन्ट क्रिएटर्सलाई सशक्त बनाउन एनसेल प्रतिबद्ध रहेको बताइन्।
जेठ १८ देखि दर्ता खुला भएको यो प्रतियोगितामा १६ वर्ष माथिका सबै नेपाली क्रिएटर्स सहभागी हुन सक्नेछन्। भिडियो पोस्ट गर्ने अन्तिम म्याद जेठ २७ तोकिएको छ।
देशभरिबाट प्राप्त सामग्रीमध्येबाट उत्कृष्ट ५० क्रिएटर्सलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारजस्ता अग्रणी क्रिएटर्सले प्रशिक्षण दिनेछन्। मेन्टरहरूको नेतृत्वमा पाँच टोलीमा विभाजन गरिने यी क्रिएटर्सले एनसेल आइकनमा विशेष कार्यशालामा भाग लिनेछन्।
प्रतियोगितामा च्यालेन्ज राउन्ड पनि रहनेछ, जसमा मेन्टरहरूले दिएको सिर्जनात्मक विषयमा तयार पारिएको सामग्रीलाई विज्ञ निर्णायकले मूल्यांकन गर्नेछन्।
अभियानको ग्रान्ड फिनाले असार १४ मा आयोजना गरिनेछ। विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल पाउनेछ। साथै शीर्ष क्रिएटर्ससँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसरलाई पनि आकर्षण मानिएको छ।
प्रतियोगितामा सहभागिता पूर्ण रूपमा निःशुल्क छ।
टिप्पणीहरू