दोलखामा चुनाव जित्न बाहुबली नै चाहिने एमाले नेताको निश्कर्ष

दोलखामा चुनाव जित्न बाहुबली नै चाहिने एमाले नेताको निश्कर्ष

नेकपा (एमाले) दोलखाले गरेको उम्मेदवार सिफारिसप्रति चर्को असन्तुष्टि देखिएको छ । बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बालकृष्ण शिवाकोटीले गुण्डागर्दी नगरी चुनाव जित्न नसकिने मानसिकताका आधारमा जबर्जस्ती एक जनाको मात्र नाम सिफारिस गरिएको आरोप लगाएका छन् ।

शिवाकोटीले पत्रकार सम्मेलन गर्दै यस्तो प्रक्रिया पार्टीको आन्तरिक लोकतान्त्रिक मूल्य र विधिविपरीत भएको बताए । यसअघिको संसदीय निर्वाचनमा उम्मेदवार रहेका शिवाकोटी ३१५ मतले पराजित भएका थिए । उनले भनेका छन्, ‘सुनियोजित ढंगबाट एमाले जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठले पढाएर ल्याइएका केही मान्छेको आडमा उक्त निर्णय गरियो ।’

प्रस्तावित उम्मेदवारबारे केही उल्लेख नगरी धेरैको नकारात्मक प्रचार गरिएको शिवाकोटीको दावी छ । उम्मेदवार नै नतोकिएको ठाउँमा किन गलत काम भयो ? भन्दै उनले आफूले उम्मेदवारी दावी गरेको बताए । दोलखामा चुनाव जित्न गुण्डाशैली अपनाउनुपर्ने आवाज बैठकमा उठाउन लगाएर अध्यक्ष श्रेष्ठले आफूलाई पछाडि पारिएको शिवाकोटीको भनाइ छ ।

 

टिप्पणीहरू