कुलमान र बालेनकाे अर्थपूर्ण  अनुपस्थिति !

कुलमान र बालेनकाे अर्थपूर्ण  अनुपस्थिति !

राष्ट्रिय स्वतन्त्र पार्टी र थरुहट/थारुवान समूहबीच नौ बुँदे सम्झौता भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजित बृहत राजनीतिक समायोजना घोषणा सभामा पार्टीका उपसभापति डोलप्रसाद अर्याल र थरुहट अभियन्ता द्वय लक्ष्मण थारु र सुरेन्द्र चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दोमोदर पण्डित नेतृत्वको समूह पनि रास्वपामा समाहित भएको छ । 

यसअघि रास्वपाले पुष १३ गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग ७ बुँदे सम्झौता गरेको थियो । भने, त्यसको भोलिपल्ट (पुष १४) कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टीसँग पनि ७ बुँदे सम्झौता गरेको थियो । 

कुलमान र बालेन समूहका नेताहरुलाई समायोजन गर्न रास्वपाले चार पदाधिकारी थप्दै केन्द्रीय कमिटीको आकार बढाउने निर्णय समेत गरिसकेको अवस्था छ । हिजो पार्टीले बालेन समूहका खगेन्द्र सुनार, सागर ढकाल, केपी खनाल, लक्ष्मी बर्देवासहित २६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो । कुलमान समूहका नेताहरु भने मनोनित हुन बाँकी रहेको बताइन्छ । 

रमाइलो के छ भने, रास्वपाले आज आयोजना गरेको बृहत राजनीतिक समायोजना सभामा कुलमान र बालेनको उपस्थिति रहने धेरैको अनुमान थियो । तर, उनीहरु कार्यक्रममा देखिएनन् । सभापति रवि लामिछानेकै ठूला पोस्टर टाँसेर सजाइएको मञ्चमा पार्टीका सिमित नेताहरु मात्रै उपस्थित थिए ।

टिप्पणीहरू