बयान लिन जानेलाई गुण्डुमा चिया खुवाउन भ्याइनभ्याइ
राष्ट्रिय मानव अधिकार आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिएको छ। आयोगका अनुसार जेन–जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी उजुरीको छानबिनका लागि ओलीसँग बयान लिइएको हो ।
आयोग स्रोतका अनुसार तत्कालीन राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षको हैसियतमा ओलीमाथि जेन–जी आन्दोलनका क्रममा रक्तपात निम्त्याउन जिम्मेवार रहेको आरोपसहित उजुरी परेको थियो । आन्दोलन पीडितहरूले सत्ता दुरुपयोग गर्दै जेन–जी युवामाथि व्यापक दमन भएको व्यहोरासहित आयोगमा उजुर हालेका थिए।
ओलीले आयोगमा उपस्थित भएर बयान नदिने बताएपछि कर्मचारी टोली गुण्डुस्थित ओली निवास पुगेर बयान लिएको हो ।
आजै ओलीले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगलाई पनि बयान दिएका छन्। उक्त आयोगले ओलीसँग ३५ वटा प्रश्न सोधेको जनाइएको छ ।
आयोग स्रोतका अनुसार अपरान्ह ४ बजेदेखि साँझ साढे ६ बजेसम्म बयान लिइएको थियो । त्यसबखत ओलीले लिखित जवाफ दिएका हुन् ।
जाँचबुझ आयोगले यसअघि उक्त घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरूसँग बयान लिइसकेको छ । सोही क्रममा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग गत साता लिएको थियो ।
टिप्पणीहरू