अपराह्न देउवा निवास पुगेका राप्रपा अध्यक्ष साँझ गुण्डु

अपराह्न देउवा निवास पुगेका राप्रपा अध्यक्ष साँझ गुण्डु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

ओली निवास गुण्डुमा दुई जनाबीच आज साँझ भेटवार्ता भएको हो । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गर्न लागेको चियापान कार्यक्रमको निम्तो दिने सन्दर्भमा लिङ्देन गुण्डु गएको बताइएको छ । 

दुई पार्टीका अध्यक्षबीच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र लामो संवाद भएको राप्रपाका प्रवक्ताले जानकारी दिएका छन् । त्यसअघि अपराह्न  महाराजगन्जस्थित चुनदेवी मार्गमा रहेको देउवा निवास पुगेर लिङ्देनले काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए ।

प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै राजनीतिक ध्रुवीकरण बढेको छ भने शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।

टिप्पणीहरू