कांग्रेस नेता कनौडिया एमालेमा प्रवेश

कांग्रेस नेता कनौडिया एमालेमा प्रवेश

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस गरिएका पूर्व सहायक मन्त्री वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन ।

आज दिउँसो २ बजे काठमाण्डौमा अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गर्दै आफू एमालेमा प्रवेश गरेको उनले बताए ।

कांग्रेसमा किचलो रहेको र एमालेबाट क्षेत्र नम्बर ३ मा टिकटको सुनिश्चित भएपछि प्रवेश गरेको श्रोतको भनाई छ । ‘कांग्रेसको किचलोमा फस्नुभन्दा एमालेमै रहन उचित लागकोले प्रवेश गरेको हुँ"उनले भने ।

टिप्पणीहरू