मुद्दाको जिम्मा पूर्णबहादुरलाई

मुद्दाको जिम्मा पूर्णबहादुरलाई

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको हिजोको निर्णयविरुद्ध सर्वोच्च अदालतमा भोलि मुद्दा दायर गर्दै छ । त्यसको जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयविरुद्ध मुद्दा लड्न खड्कालाई अख्तियारी प्रदान गरेको छ । त्यसपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलेले विज्ञप्ति जारी गरेका हुन् ।

जसमा आयोगको निर्णय संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत रहेको ठहर गरिएको छ । उक्त निर्णय ‘दुराशयपूर्ण’ र ‘दूषित मनसायबाट प्रेरित’ भएको आरोप छ ।

टिप्पणीहरू