संक्रमितको सेवामा तल्लिन विप्लव समुहलाई स्याबासी

संक्रमितको सेवामा तल्लिन विप्लव समुहलाई स्याबासी

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) का जिल्ला कार्यालय सदस्य नरेन्द्र बि.क.को नेतृत्वमा १५ सदस्यीय एक स्वयम् सेवक समुह जिल्ला अस्पताल सल्लेमा खटेको करिब साता दिन बित्यो ।

उक्त टिमले अस्पताल सरसफाईको अतिरिक्त बिरामीहरुको लागि सिलिण्डरहरु पु¥याउने लगायत स्वास्थ्यकर्मीको टोलीलाई सहयोग गर्ने, केहिले शव व्यवस्थापनमा सहयोग गर्ने, केहिले बिरामीहरुको लागि खाना पकाउने र पु¥याउने कार्यमा निरन्तर सहयोग गरिरहेको छ ।

कोरोना महामारीले मुलुक आक्रान्त पारेको बेला पनि सत्तापक्ष र बिपक्षी दलहरु सत्ताकै लागि चुछाचुडि गरिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) ले भने रुकुममा कोरोना संक्रमितहरुको सेवा गरेर स्याबासी पाईरहको छ ।

शनिबार देखि उक्त समुहले जिल्ला अस्पताल सल्लेको आइशोलेशन अस्पतालमा भर्ना भएका कोरोना संक्रमित र उनका कुरुवाहरुलाई निशुल्क खानाको व्यबस्था गरेको छ । नेकपा विप्लब समुहका जिल्ला कायाृलय सदस्य तथा अस्पतालमा परिचालत स्वयमु सेवक समुहका कमाण्डर नरेन्द्र बि.क.का अनुुसार अस्पताल नजिकैको स्थानीय सरस्वती माध्यमिक बिद्यालयमा मेस सञ्चालन गरेर त्यहिबाट खाना प्याक गरेर शनिबार देखि अस्पतालमा उपलब्ध गराउन थालिएको हो ।

संक्रमितहरुलाई खाना, नास्ताको उचित व्यवस्था नभएको, अस्पताल भित्र रहेको क्यान्टिनले गुणस्तरहिन र महंगो दरमा खाना दिने गरेको, निशेधाज्ञाको कारण आफन्तजनले बाहिरबाट समयमै खानाको प्रबन्ध गर्न मुश्किल भएको देखेर आफुहरुले निशुल्क खानाको व्यबस्था गरेको बि.क.ले जनाए । ‘बिहान र बेलुकाको खाना कोभिडको बिरामी हुँदा सम्म निशुल्क खुवाउने छौ’ बि.क.ले भने महामारीको बेला राजनितिक दलहरुको तर्फबाट गर्न सकिने यो एउटा सेवा हो ।’

अहिले अस्पतालको आईशालेशनमा ३५ जना बिरामी रहेका छन् । घर नजिकैका केहिले आफै खानाको व्यवस्था गरेका छन् भने भने बाँकि संक्रमित बिरामी र उहाँका आफन्तलाई निशुल्क खानाको व्यवस्था गरिएको छ । खाना स्वादिष्ट तथा पोषिलो भएको बिरामी र उहाँका कुरुवाहरुले बताएका छन् ।

बिरामीहरुलाई खाना खुवाउने व्यवस्थाको लागि केहि व्यापारीहरुले दाल, चामल तरकारीको लागि सहयोग गरिरहनु भएको छ भने स्थानीयहरुले भाँडाकुडा, पानी, बत्तिको व्यबस्था गरिदिएको स्वयम् सेवक समुहका सदस्य प्रेम प्रशान्त बोहराले बताए । उनका अनुसार बिहान १० बजे सम्म खाना तयारी गरेर अस्पतालमा प्याकिङ्ग गरेर पु¥याईन्छ भने दिउँसोको समयमा बिद्यालयको सरसफाईको काम पनि चलिरहेको छ ।

उक्त स्वयम् सेवक समुह जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर संक्रमितहरुको सेवामा तल्लिन रहेको अस्पतालले जनाएको छ । महामारीको बेला सत्ताकै मोल मोलाई गरिरहेका दलहरुलाई विप्लव समुहको यस कार्यले झापड दिएको स्थानीयको बुझाईरहेको छ ।

टिप्पणीहरू