राजकीय पदमा बसेर यताको कुरा उता ?

राजकीय पदमा बसेर यताको कुरा उता ?

पछिल्लो तीन वर्षमा ‘भारत विरोधी र राष्ट्रवादी’ को छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आफ्नै दलका नेता तथा वामपन्थी नेताहरुको बारेमा अफवाह फैलाइदिएपछि उत्तरतर्फका मित्रहरू केही समय बिच्किएको चर्चा छ । तर, यसबीच उनीहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिकैबाट सबै घटना राम्रोसँग नियालेको बताउन थालेका छन् ।

राजकीय पदमा रहेकाहरुले नै आफ्ना समकक्षी नेताहरुको बारेमा गरेको अनर्गल प्रचारले तीन वर्षको समय व्यतित भएपनि अब भने गाह्रो देखिन थालेको छ ।

यसबीच मित्रराष्ट्र चीनबाट कोरोनाविरुद्धको खोपलगायतका सहायताको निम्ति अन्यत्रझैँ नगरिएको प्रयास र बीआरआईबाट लिन सकिने सहयोग सम्बन्धमा साँधिएको मौनताले पनि लगाइएको पर्दा खुल्दै गएको छ ।

चीनले पछिल्लो पटक नेपालको महाभूकम्प र भारतीय नाकाबन्दीताका लगाएको गुन असाधारण थियो । नेपालमा वामपन्थी सरकार गठन हुँदा सबैभन्दा खुशी हुने मित्रराष्ट्र शायद चीन पनि हो । नेपालका कम्युनिष्ट पार्टीहरु मिल्दा औधी हर्ष हुने पनि उही हो ।

तर,त्यही खुशी र हर्षमा खुर्सानीको धुलो खन्याउँदा आफैँलाई खार लाग्नेतर्फ ध्यान नदिइएको बताइन्छ ।

टिप्पणीहरू