राजधानीमा सरकारविरुद्ध बृहत नागरिक समाजको प्रदर्शन

राजधानीमा सरकारविरुद्ध बृहत नागरिक समाजको प्रदर्शन

किर्तिपुर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकमा स्वतन्त्र बृहत नागरिक समाजले सरकारविरुद्ध प्रर्दशन गरेको छ ।

समाजका अभियन्ता नारायण वाग्लेलगायत दर्जनौंको उपस्थितिमा विभिन्न नारा लगाउँदै बिरोध प्रदर्शन गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले सरकारसँग निःशुल्क स्वास्थ्य, शिक्षाको माग गर्दै गास, बास र कपासको व्यवस्था गर्न नारा लगाएका थिए । उनहहरुले बेरोजगारी भत्ताको व्यवस्था गर्न र किसानलाई राहत दिनसमेत माग गरेका छन् ।यस्तै खुल्ला सीमाना नियन्त्रण गर, सबै नेपालीलाई नागरकिताको ग्यारेन्टी गर, केचनादेखि कालापानी, मुस्ताङदेखि मर्चबार हामी सबै परिवार भन्ने नारा पनि लगाइएको कार्यक्रमका सहभागीले प्लेकार्ड बोकेर प्रदर्श गरेका थिए ।

टिप्पणीहरू