चोर बाटोबाट बोर गर्नेका चालामाला

राज्य र सर्वसाधारणको आँखामा छारो हालेर एकातिर गुमेको नाम र प्रतिष्ठा बचाउने रहर, अर्काेतिर कर छल्ने प्रपञ्च त होइन यो ? त्रिपुरेश्वरतिर अचेल नयाँ–नयाँ कम्पनी खडा हुने क्रम तीव्र छ । त्यहाँस्थित, कम्पनी रजिस्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता गर्नेको जति चाप हुन्छ, उत्ति नै संख्यामा नाम फेरिदिनुप¥यो भन्दै चाहार्ने मालिकको संख्या अत्यासलाग्दो छ ।

त्यहाँ औसतमा दैनिक तीन वटा कम्पनीको निवेदन पुग्छ, नाम परिवर्तन गराइदिनुप¥यो भन्दै । यस्तै मध्येको एक कम्पनी हो, विष्णु अग्रवालद्वारा सञ्चालित मोरङ अटो । अल्लारे तन्नेरीको रोजाइमा रहेको यामाहा मोटरसाइकलको अधिकृत विक्रेतासमेत रहेको यसले टेकुमा कार्यालय खडा गरेको छ । दुई वर्ष अगाडिसम्म मोरङ अटोको नाममा व्यापार–व्यवसाय चलाउँदै आएको थियो । बीचमा नाम परिवर्तन गरी एमएडब्लु कम्पनी बनाएर व्यवसाय चलाउँदै आएको छ । यो दुई वर्षअघि भ्याटछली प्रकरणमा मुछिएको थियो । त्यो समयमा ४ सय ५ वटा व्यावसायिक फर्म मुछिएमध्येको एक यामाहाले नाम परिवर्तन पछाडि छुट्टै प्यान नम्बरसमेत लिएर कारोबार गर्न थालेको छ । मोरङ अटोको नाम परिवर्तन भई एमएडब्लु बनेसँगै वार्षिक ५ अर्बभन्दा माथिको कारोबार गर्ने उसले यसअघि गरेको नक्कली भ्याट बिल बनाएर गरेको करछली र यसका कालो कर्तुत सबैले बिर्सिए ।

वार्षिक अर्बाैं कारोबार गर्ने सूर्य टोबाकोको नाम परिवर्तन भई सूर्य नेपाल प्रालिमा रूपान्तरण भएको धेरै भएको छैन । दर्जनौं बैंक डुबाएको अग्नि एअर, सिम्रिक एअर बनेर आकाशमा उड्न थालेको भर्खरै हो । मर्जरका कारणलाई नै प्रधान मानिए पनि एलायन्स इन्सुरेन्स अहिले प्रभु इन्सुरेन्समा बदलिएको पनि भर्खरै हो । राज्यलाई तिर्नुपर्ने अर्बांै करमा तर मारेर स्पाइस नेपाल, मेरो मोबाइल हुँदै कम्पनीको लोगो नारा, सेवा नै परिवर्तन गरी एनसेलमा रूपान्तरण भएको त धेरै भइसक्यो । यसले यो बीचमा देखाएको बलमिच्याइँ सायदै नेपालीले बिर्सिएका होलान् ।

कम्पनी रजिस्ट्रार कार्यालयले नाम फेरेर कम्पनी सञ्चालन गर्न पाउने नियम बनाएसँगै चोर बाटोबाट कर छली गर्नेको तथ्यांक अत्यासलाग्दो छ । आर्थिक वर्ष ०६९÷७० मा नाम परिवर्तन गरी कम्पनी चलाउनेको संख्या ५ सय ५२ थियो । आर्थिक वर्ष ०७०÷७१ मा त्यो संख्यामा गिरावट आई ४ सय ५९ कम्पनीले नाम परिवर्तन गरेकोमा सो आर्थिक वर्षको भन्दा २ सय ३४ वटा थप कम्पनीले आव ०७१÷७२ मा नाम परिवर्तन गरेको तथ्यांक रजिस्ट्रार कार्यालयसँग छ । त्यो वर्ष ६ सय ९३ कम्पनीले नाम फेरेका थिए । त्यसको एक वर्षपछि थप २ सय ४५ नयाँ कम्पनीले र आर्थिक वर्ष ०७२÷७३ मा ९ सय ३८ कम्पनीले नाम परिवर्तन गरेको भेटिन्छ । नयाँ ऐन बनाएको ५ वर्षमा मात्र २ हजार ६ सय ५२ वटा कम्पनीले आफ्नो नाम परिवर्तन गरिसकेका छन् । यसको आशय योचाहिँ होइन कि सबैको नियतमा खोटै छ । तर, यही कानुनी छिद्र भेटेसँगै करमा तर मार्न पल्केका कम्पनी रातारात नाम, ब्रान्ड र लोगो नै परिवर्तन गरी नयाँ नामका साथ बजारमा आउने गरेका छन् ।

कम्पनी ऐन ०६३ अनुसार नाम परिवर्तन गर्दा बढीमा ५ हजार रुपैयाँ तिरेको खण्डमा उसको उसले गरेको अपराध माफ हुने प्रावधान छ । पाँच वर्ष कमाऊ, नाम फेर, कर नतिर !

टिप्पणीहरू