खुला चौरमा खति

चीनको एउटा स्कुलले चिसो मौसममा कुहिरो लागेको खुला चौरमा छात्रछात्राको परीक्षा लिएपछि हंगामा मच्चिएको छ । लिन्चाउस्थित नम्बर १ मिडल स्कुलले २ सय ४० जना विद्यार्थीलाई कठ्यांग्रिने चिसो मौसममा त्यसरी परीक्षा दिन बाध्य पारेको हो । लगातार चार घण्टा त्यसरी परीक्षा लिएपछि कतिपय विद्यार्थी बिरामी परे । विद्यार्थीका अभिभावकले हुस्सु लागेको खुला चौरमा परीक्षा दिइरहेको फोटो प्रचारप्रसार गरेपछि प्रधानाध्यापक बल्ल कारबाहीमा परेका छन् ।

टिप्पणीहरू