पानी ट्याङ्की खन्दा ऐतिहासिक सम्पदा भेटियो

पानी ट्याङ्की खन्दा ऐतिहासिक सम्पदा भेटियो

विद्यालयको पानी ट्याङ्की खन्ने क्रममा ऐतिहासिक एवम् पुरातात्विक सम्पदाको अवशेष भेटिएको छ । भक्तपुर नगरपालिका साकोथास्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त पुरातात्विक वस्तु भेटिएको हो ।

पानी ट्याङ्की खन्ने क्रममा जमिनको सतहबाट साढे छ फिट तल मल्लकालीन ईंटा टेपु ल्होँ, चिकं अप्पा तेलीय इँटा, फ अप्पा, दाँची अप्पाले बनाइएका पेटीलगायत पुरातात्विक भवनका अवशेष भेटिएको आर्किटेक्ट रामगोविन्द श्रेष्ठले बताउनुभएको छ ।

सम्पदाको अवशेष फेला परेपछि हाललाई पानी ट्याङ्की बनाउने काम रोक्न विद्यालयकी प्राध्यापक सर्जनी जोशीलाई आग्रह गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

टिप्पणीहरू