बारद्वारा थप आन्दोलनको घोषणा

बारद्वारा थप आन्दोलनको घोषणा

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा मागिरहेको नेपाल बार एसोसिएसनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । आज बसेको बार पदाधिकारीहरुको बैठकले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

जसअनुसार कात्तिक १४ गतेदेखि १७ गतेसम्म नेपाल बारमै बिरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने, १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा बिरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

त्यस्तै, न्यायपालिकाको वर्तमान अवस्था र बारको निर्णयको बारेमा बारका ९० वटै इकाईहरुमा परिपत्र गरेर आन्दोलनमा सहभागी हुन अनुरोध गर्ने, सबै इकाइका अध्यक्ष र सचिवसँग छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने बारको निर्णय छ । पहिलो चरणको आन्दोलनको अवधिमा पनि प्रधानन्यायाधीश राणाले राजीनामा नगरे थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने बारको चेतावनी छ ।बैठकले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न र निर्णय प्रक्रियामा सहभागी नहुन आग्रह गरेको महासचिव अधिवक्ता लिलामणि पौडेलले जानकारी दिनुभयो ।

‘प्रधानन्यायाधीशज्यूबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकाले राजीनामा मागिएको हुँदा प्रधानन्यायाधीशज्यूलाई सर्वोच्च अदालतको इजलासमा नबस्न जोडदार माग गर्दछौँ’, पौडेलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बारले यसअघि नै प्रधानन्यायाधीश राणाको राजीनामा मागेको थियो । अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गर्नुभएको छ ।

टिप्पणीहरू