मलेसियामा वैदेशिक रोजगारी खुलेको छैन : नेपाली दूतावास

मलेसियामा वैदेशिक रोजगारी खुलेको छैन : नेपाली दूतावास

मलेसियाको राजधानी क्वालालम्मपुरस्थित नेपाली राजदूतावासले त्यहाँ वैदेशिक रोजगारी नखुलेको बताएको छ । कोरोना महामारीपछि बन्द रहेको वैदेशिक रोजगारी खुल्ला भएको आशयका समाचार प्रकाशित भएकोमा ध्यानाकर्षण जनाउँदै दूतावासले नयाँ रोजगारी नखुलेको जनाएको छ ।

‘मलेसियामा रोजगारी खुलेको र राजदूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने सम्बन्धमा ध्यानाकर्षण भएको छ । अघिल्लो वर्ष मार्च १८ देखि लागू गरेको आवागमन नियन्त्रणसँगै स्थगित गरिएको मागपत्र प्रमाणिकरणको कार्य हालसम्म सुचारु गरिएको छैन,’ हिजो प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।भिसाको म्याद कायम भएका व्यक्तिहरुलाई रोजगारदाताले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वारेण्टाइन बस्नेगरी मलेसिया आउन सक्ने व्यवस्था मलेसिया सरकारले गरेको हो । तर नयाँ कामदार मलेसिया जान सक्ने सम्बन्धमा त्यहाँको सरकारले हालसम्म दूतावासलाई कुनै जानकारी नगराएको विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू