न्यायाधीशहरुविरुद्घ विद्यार्थीहरुले पलेटी कसे

सर्वोच्च अदालतमा इजलास बहिष्कार गरेका न्यायाधीशहरूविरुद्घ कानुन संकायका विद्यार्थीहरु आज पनि माईतीघरमा धर्नामा बसेका छन् ।

नेशनल ल कलेजमा अध्ययनरत झण्डै पाँच दर्जन विद्यार्थीले न्यायपालिकामाथिको हस्ताक्षेप बन्द गर, अदालतभित्रको गुटबन्दी र व्यक्तिगत स्वार्थबाट नागरिकलाई कहिलेसम्म बलि चढाउने ? माननीय न्यायाधीशहरूलाई ईजलास बहिष्कार गर्ने अधिकार कसले दियो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

कार्यक्रममा अधिवक्ता तथा अभियन्ता स्वागत नेपाल, वरिष्ठ अधिवक्ता भूमिनन्द चुडाल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराईलगायतले ऐक्यबद्धता जनाएका छन् ।

टिप्पणीहरू