माल्दिभ्सको खोप नेपालमा

माल्दिभ्सको खोप नेपालमा

माल्दिभ्स सरकारले नेपाल सरकारलाई २ लाख १ हजार ६ सय मात्रा एस्ट्राजेनेका खोप उपहारस्वरुप दिएको छ । माल्दिभ्सबाट प्राप्त खोप दोहाहुँदै कतार एयरवेजको नियमित उडानमार्फत आज काठमाडौं आइपुगेको हो ।

हाल ती खोपलाई टेकुस्थित खोप भण्डारण कक्षमा राखिएको छ । अब ती खोप पनि लगाउन बाँकीलाई प्रयोग गरिने छ । नेपालमा हालसम्म लक्षित जनसंख्यामध्ये ४३ प्रतिशतभन्दा बढीले एक मात्रा खोप लगाएका छन् ।

३६ प्रतिशत जनसंख्याले पूर्णमात्रा खोप लगाइसकेका छन् ।

टिप्पणीहरू