​ढिलो उडान

अहिले जनता बडो छुच्चो हुन थालेका छन् । हवाईजहाज आधा घण्टा ढिलो हुँदा बबाल मच्चाउने । बबाल मच्चाउने मात्र होइन, विभागीय मन्त्रीको खेदै समेत खन्ने ।

जहाज उड्न ढिलो हुँदा सबैभन्दा बढी झोंकचाहिँ पारस शाहका कार्यकर्तालाई चलेको रहेछ । अहिले देशमा कसैलाई हतार छ भने उनै पारस शाहका कार्यकर्तालाई मात्रै छ । जहाज ३० मिनेट ढिलो हुँदा उनीहरूले भन्नु भने, गर्नु गरे । उनै पारसका हजुरबाउले देशलाई ३० वर्ष ढिलो पार्दाचाहिँ कुनै औडाह भएन । अहिले ३० मिनेट ढिलो हुँदा देश डुबेसरह भएको छ । देशमा लोकतन्त्र आएको छ र उनीहरूले मन्त्रीलाई जहाजभित्रै गाली गर्न पाएका छन् । पारस शाहको राज भएको भए  जहाजै सीधा हनुमानढोका कार्यालयमा ल्याण्ड गरेर गाली गर्ने जति सबैलाई खोरमा कोचिदिन्थे होलान् । अहिले त्यसो भएन । त्यसो किन भएन भने अहिले देशमा पारस शाहको राज छैन ।

तैपनि, यो काण्डबाट मन्त्रीज्यूले पनि केही पाठ सिक्नुभयो भयो । हामी आशा गरौँ, अब भविष्यमा यातायातमन्त्रीका कारण हवाईजहाजको त कुरै छाडौँ रत्नपार्कको टेम्पो पनि एक मिनेट ढिलो हुने छैन । 

टिप्पणीहरू