जाजरकोट भूकम्पको उच्च जोखिममा

जाजरकोट भूकम्पको उच्च जोखिममा

पहाडी जिल्ला जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । जाजरकाेटमा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्डविपरीत रहेका हुदा भूकम्पको उच्च जोखिम देखिएको हो ।

पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले भूकम्प पूर्वसूचना दिएर नआउने भएकाले अहिलेदेखि नै नयाँ बन्ने संरचना बलियो बनाउनुपर्ने बताए । ‘सन् १३११ देखि १९९० मा महाभूकम्प गएको बताउँदै ६० देखि १ सय वर्षको बीचमा भूकम्प आउने गरेको छ,’ कार्कीले भने ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले भूकम्पीय सचेतना सुरक्षित संरचना निर्माणमा सबैले जोड दिनुपर्नेमा जोड दिए । ‘हामीले भूकम्प रोक्न सक्दैनौं,’ उनले भने, ‘भूकम्पबाट सुरक्षित रहन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’

भौतिक संरचना र पूर्वाधार निर्माण गर्दा आवश्यक मापदण्ड अपनाए भावी सन्ततीले भूकम्पबाट क्षति व्येहोर्न नपर्ने सरोकारवालाहरुको भनाइ छ ।

टिप्पणीहरू