नेपाल–पाकिस्तान क्रिकेट प्रतियोगितामा आर एस विद्वैत क्रिकेट क्लब विजयी

नेपाल–पाकिस्तान क्रिकेट प्रतियोगितामा आर एस विद्वैत क्रिकेट क्लब विजयी

काठमााडौंमा भएको नेपाल–पाकिस्तान टी २० क्रिकेट प्रतियोगितामा आर एस विद्वैत क्रिकेट क्लब विजयी भएको छ । १२ टिमले भाग लिएको प्रतियोगितामा नेक्सस क्रिकेट क्लब दोस्रो भएको छ ।

आज काठमाडौंस्थित पाकिस्तानी दूतावासले प्रतियोगिताको समापान तथा पुरस्कार वितरण समारोहको आयोजना गरेको हो । समारोहमा बोल्दै प्रमुख अतिथि तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले दूतावासले आयोजना गरेको खेलकुद प्रतियोगिताबाट दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यसैगरी नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर साहले यस किसिमका प्रतियोगिता नेपाली युवामाझ लोकप्रिय हुँदै गएकोमा खुशी व्यक्त गर्नुभएको छ । हरेक वर्ष हुँदै आएको यस किसिमको क्रिकेट प्रतियोगिताले पाकिस्तान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘आगामी दिनमा पनि यस्तै प्रतियोगितालाई निरन्तरता दिइने छ । यसले दुई देशका युवाहरुबीच जनस्तरको सम्बन्ध मजबुत बनाउन सहयोग मिल्नेछ ।’

उक्त प्रतियोगिताको सातौं संस्करण नौ दिनअघि शुरु भएको थियो ।

टिप्पणीहरू