मान्छे मार्ने नक्कली डाक्टर समातिए

मान्छे मार्ने नक्कली डाक्टर समातिए

दुई वर्षदेखि फरार नक्कली डाक्टरलाई आज प्रहरीले पक्राउ गरेको छ । दाँतका नक्कली डाक्टर बनेका सञ्जयकुमार महतो महोत्तरीको बर्दिबासबाट पक्राउ परेका हुन् । उनले बर्दिबासमा खोलेको साझा डेन्टल प्राइभेट लिमिटेडमा उपचारको लागि पुगेकी एउटी युवतीको उपचारको नाममा ज्यान लिएका थिए ।

आफैँ दन्त चिकित्सक हुँ भन्दै सञ्जयसिंह महतोले दाँत उखेल्दा दुई वर्षअघि धनुषाको मिथिला नगरपालिका–९ का १९ वर्षीय रानी सिंहको अत्यधिक रगत बगेर मृत्यु भएको थियो ।

दुई वर्षदेखि इलाजसम्बन्धी कसुर मुद्दामा फरार उनै नक्कली डाक्टरलाई आज प्रहरीेले पक्राउ गरेको हो ।

टिप्पणीहरू