प्रचण्ड आजै रोल्पा प्रस्थान
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० वर्षे जनयुध्दकाे आधारक्षेत्र रोल्पा जाने भएका छन्।
उनी सरकारले स्थानीय तह निर्वाचनकाे मिति ताेकेसँगै आज साेमवार सात वर्षपछि हेलिकप्टर चढेर रोल्पा जान लागेका हुन् । प्रचण्ड सदरमुकामस्थित आर्मी ब्यारेकमा अवतरण गर्नेछन् ।
उनी सातदोबाटोस्थित जनयुध्द स्मृति भ्युटावरको उद्घाटन गरेर लिबाङ झर्नेछन् । प्रचण्डले दिउँसाे पार्टीको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएकाे माओवादी केन्द्र राेल्पाले जनाएकाे छ ।
सभालाई प्रचण्डसँगै प्रवक्ता कृष्णबहादुर महरा,जयपुरी घर्ती, जोखबहादुर महरा,सीता आचार्यलगायतले पनि सम्बोधन गर्ने बताइएको छ। पूर्वप्रधानमन्त्री प्रचण्ड भने कार्यक्रम सकेर आजै काठमाडौं फर्कने छन् ।
टिप्पणीहरू