प्रचण्डले आमसभा अगावै बोल्नुभयो

प्रचण्डले आमसभा अगावै बोल्नुभयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाको सदरमुकाम लिवाङम आयोजित पार्टीको आमसभा अगावै बोल्नुभएको छ । उहाँले आगामी निर्वाचन अरुको बलमा नभई आफ्नै बलबुतामा जित्ने दाबी गर्नुभएको हो ।

माओवादी नेता कृष्णबहादुर महराको स्थानीय घरमा खाना खाएर निस्कने क्रममा उहाँले सञ्चारकर्मीहरुसँग बोल्दै उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘गठबन्धनको बलमा होइन, आफ्नै पार्टीको बलमा स्थानीय तहको चुनाव जित्छौं ।’

उहाँले विशेष राजनीतिक अवस्थाको सिर्जना भएकाले अहिलको गठबन्धन भएको बताउँदै भन्नुभयो, ‘यहि गठबन्धनलाई पनि तोड्न सकिन्छ कि भनेर देशी विदेशी शक्तिहरु लागिपरेका छन् ।’

उहाँ रोल्पामा जनयुद्ध स्मृति भ्यु टावरको उद्घाटन गर्न र पार्टीले सदरमुकाममा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न हेलिकप्टर चढेर त्यहाँ पुग्नुभएको हो ।

टिप्पणीहरू