एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा
नेकपा (एमाले) सल्यानस्थित त्रिवेणी गाउँ कमिटीका उपसचिव मंगल रेउलेले पार्टी परित्याग गरेका छन् । उनी पार्टी त्यागेलगत्तै नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन् ।
उनले एमाले विचार र सिध्दान्तविहीन पार्टी हुँदै गएकाले परित्याग गरेको बताए । ‘एमाले व्यक्तिगत स्वार्थमा तल्लिन भएको, पार्टीको नेतृत्वमा स्वेच्छाचार,दम्भ, घमण्ड बढेको साथै अधिनायकवादी ढंगले चलेको हुँदा देश र जनताको पक्षमा काम गर्न नसक्ने उक्त पार्टी केपी पार्टी हो,’ रेउलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आफू देश र जनताको पक्षमा काम गर्ने, कम्युनिष्ट आन्दोलनको रक्षाको लागि अघि बढेको नेकपा एकीकृत समाजवादीको यात्रामा सरिक भएको उनको भनाइ छ ।
रेउलेले एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीको आगामी आन्दोलनमा लाग्ने निर्णय गरेको पनि जनाएका छन् ।
टिप्पणीहरू