बिहान बढुवा,दिउँसो कुममा फुली
नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा भएका तीन जना प्रहरी अधिकारीले दर्ज्यानी चिन्ह लगाएका छन् । एआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकले उक्त चिन्ह लगाएका हुन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । आज बिहानको क्याबिनेट बैठकले उनीहरूलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
यसअघि चैत १ गते गृह मन्त्रालयले उनीहरुलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसविरुध्द डिआइजीहरु ईश्वरबाबु कार्की,घनश्याम अर्याल र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेपछि बढुवा बढुवा प्रक्रिया केही दिन रोकिएको थियो ।
टिप्पणीहरू