निकोलसको टोलीसँग सरकारी वार्ता

निकोलसको टोलीसँग सरकारी वार्ता

सरकार र पछिल्लो १० दिनदेखि अनशनरत डा.निकोलस भुसालका प्रतिनिधिबीच वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो साँझ दुई पक्षबीच निकोलसको विषयलाई लिएर कुराकानी भएको हो । 

वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल,जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाको उपस्थिति थियो । भुसालको तर्फबाट लेनिन विष्ट,सुनिल सिंह,सौरभ भण्डारी,डा.जगत बिक, एसपी शाह, विक्रम कार्की, सुमन बोहोरा, नर्गिस थापा, सागर भुसाल, तुलसीकुमार भुसाल सहभागी भएका थिए । 

प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै डा.भुसाल गत पुस ८ गतेदेखि आमरण अनशनमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पताल भर्ना गरिएको छ ।

टिप्पणीहरू