दुई पूर्व प्रधानमन्त्रीलाई आयोगको प्रश्नपत्र
जेनजी आन्दोलनको नाममा भदौ २३ र २४ गते मच्चिएको हिंसात्मक घटनामाथि छानविन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग पनि सोधपुछ गर्न लागेको छ ।
आयोगले दुवै पूर्वप्रधानमन्त्रीलाई छुट्टाछुट्टै प्रश्नको सूची पठाएर लिखित जवाफ मागेको हो । बताइएअनुसार देउवा र प्रचण्डको सम्पर्क कार्यालयमा आयोगको प्रश्नपत्र पुगिसकेको छ ।
यथाशिघ्र लिखित जवाफ दिन भनिएको पत्रमा भदौ २३ र २४ गते देउवा र प्रचण्डको कहाँ-कहाँ सम्पर्क भयो भन्नेबारे सोधिएको बुझिएको छ ।
उता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने आयोगले बयान लिने तयारी गरेको छ । आयोगमा बयान दिन नजाने र प्रतिवेदन पनि नमान्ने चुनौती दिँदै आएका उनलाई बयानमा उपस्थित हुन आग्रह गर्दै पत्र काट्न लागेको बताइएको छ ।
टिप्पणीहरू