अन्न खाएको एक हप्तापछि वीर अस्पतालमा पत्रकार सम्मेलन
सामाजिक अभियन्ता तारा बरालले आज दिउँसो वीर अस्पतालमा पत्रकार सम्मेलन गर्ने भएकी छन् ।
अस्पतालमै अनसनरत बराललाई गत साता काठमाडौंका सिडिओलगायतका सरकारी अधिकारीहरुले अनसन तोडाउन अन्न खुवाएका थिए । अन्न खाएपछि पनि उनलाई थप उपचार गर्नुपर्ने भएकाले केही दिन अस्पतालमै राखिएको बताइन्छ ।
आज उनै बरालले एक दुई दिनपछि डिस्चार्ज हुने जानकारी गराउँदै आफ्ना कुरा राख्न पत्रकार सम्मेलन गर्न लागेको उनी निकटस्थहरुले जानकारी दिएका हुन् ।
बराल गत कात्तिक मसान्तदेखि अनसन बसेको भने पनि बीचमा त्यही अस्पताल पुगेर गृहमन्त्रालका अधिकारीहरुले अनसन तोडाएका थिए । उनी र उनको समूह निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको समर्थनमा उत्रँदै आएका छन् । राणाविरुद्ध आन्दोलन गर्दै आएका कानुन व्यवसायीहरुसँग सर्वोच्च अदालत अगाडि घम्साघम्सी परेपछि उनले वकिलहरुलाई कारवाहीको माग राख्दै आएकी हुन् ।
टिप्पणीहरू