राप्रपाले आमसभाका सहभागीलाई बस चढायो

राप्रपाले आमसभाका सहभागीलाई बस चढायो

राप्रपाले आज राजधानीको खुलामञ्चमा बृहत आमसभाको कार्यक्रम राखेको छ । राजेन्द्र लिंगदेनले नेतृत्व लिएपछि पहिलो पटक राजधानीमा आमसभा राखेको राप्रपाले आज सिन्धुपाल्चोकलगायत राजधानी वरपरका जिल्लाबाट समेत सहभागी ओसारिएको छ । आमसभामा संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षद्वय पशुपति समशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।कार्यक्रममा सिन्धपाल्चोकको पश्चिम क्षेत्र र काठमाडौं पूर्वका स्थानीयलाई नाड्लेभारेदेखि सवारी साधनमा हालेर ल्याइएको छ । आमसभाअघि राजधानीका सडकमा जुलुुसले नारा लगाएको थियो ।

फोटो र भिडियो : माधव बस्नेत

टिप्पणीहरू